Logo

सलमानले भने, ‘म नेपाल आउँदैछु’ (भिडियो)



Spread the love

बलिउड अभिनेता सलमान खान नेपाल आउने समाचार केही दिन अघि बाहिरिएको थियो । नेपालमा सलमानलाई रुचाउनेको ठुलो जमात छ । कतिले सलमान आउने कुरा झुठो भएको समेत बताएका थिए । तर यति बेला सलमान आफैले आफू नेपाल आउन लागेको औपचारिक रूपमा जानकारी दिएका छन् । पहिलोपटक उनकै मुखबाट नेपाल आउन लागेको सुनिएको हो । उनले ‘बलिउड हंगामा’सँगको अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । अब नेपालमा रहेका उनका असंख्य फ्यानलाई यो खबरले थप खुसी बनाएको छ ।  उनी अभिनित चलचित्रत्र ‘टाइगर जिन्दा हे’को सेलिब्रेसन पार्टीमा सलमानले ‘बलिउड हंगामा’सँग कुरा गर्दै आफू नेपाल आउन लागेको बताएका छन् । ‘दबंग द टुर नेपाल’का लागी उनी नेपाल आउन लागेका हुन् ।सलमानले कुराकानीको क्रममा नेपालपछि अमेरिका र क्यानडामा कन्सर्ट हुने पनि जानकारी दिए ।

जुन कार्यक्रम फागुन २६ गते शनिवार टुँडिखेलमा हुँदै छ । कार्यक्रमलाई ओडीसी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको हो । बुझिए अनुसार कार्यक्रममा अभिनेत्री कैटरीना  कैफ  पनि आउने छिन् ।

चलचित्र ‘टाइगर जिन्दा हे’ सफल भएपछि उनी सलमानको साथमा नेपाल आउन लागेकी हुन् । सलमानसँग नेपाल बलिउडकी नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देव, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् ।कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।

सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।
हेर्नुहोस् भिडियो:

https://youtu.be/FGqENZ7l760

प्रतिक्रिया दिनुहोस्