Logo

बाग्लुङमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु



Spread the love

१० मंसिर, बाग्लुङ। बाग्लुङको ढोरपाटन नगरपालिका–२ मा ट्याक्सी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि ट्याक्सी चालक बडिगाड गाउँपालिका–६ का २२ वर्षीय नकुल केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

गएराती भीमगिठेबाट बुुर्तिबाङका लागि जाँदै गरेको ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–२ तुरतुरे ताल नजिकै दुर्घटना भएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्