Logo

मलेसियामा ९ जना नेपाली पक्राउ, के थियो कारण ?



Spread the love

१० मंसिर, काठमाडाैँ । मलेसियामा गैरकानुनी रूपमा बसेका १४१ जना पक्राउ परेका छन् । त्यहाँको अध्यागमन विभागले गैरकानुनी रूपमा बसेका ९ जना नेपाली सहित १४१ जनालाई पक्राउ गरेको हो ।

मलेसियाकाको काजाङ अपार्टमेन्टमा विभागले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । अध्यागमन विभागले जनाए अनुसार उनीहरू आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका थिए ।

पक्राउ पर्नेमा इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशका ८ जना रहेका छन् । पक्राउ परेका सबैलाई डिटेन्सन सेन्टरमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्