Logo

सल्यानमा बस दुर्घटना, २६ जना घाइते



Spread the love
फाइल फोटो

१७ मंसिर, सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । नेपालगञ्जबाट रूकुम पश्चिमको चाैरजहारी जाँदै गरेको बस ल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो । उक्त स्थानमा ना४ख ६७१५ नम्बरको यात्रुबाहक बस दुर्ङटनामा परेको हो ।

बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । त्यस्तै ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरूको पहिचान खुल्न बाँकी भएको जनाइएको छ । घाइतेमध्ये गम्भीर घाइते भएकालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको छ ।

बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्