Logo

आदित्यले शेयर गरे श्वेतालाई चुम्बन गरेको तस्बीर



Spread the love

२० मंसिर, एजेन्सी । नव विवाहित आदित्य नारायणले नायिकम श्वेता अग्रवाललाई चुम्बन गरेको तस्बीर सामाजिक सञ्जालमा सेयर गरेका छन् । डिसेम्बर १ तारिखका दिन वैवाहिक जीवनमा बाँधिएका उनले बिहीबार उक्त फोटो शेयर गरेका हुन् ।

जेन्सी। गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्य नारायण र नायिका श्वेता अग्रवालले नातेदार र नजिकका इष्टमित्रको मात्र उपस्थितिमा १ तारिखमा विवाह गरेका हुन् ।

११ वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेका यी दुई बलिउड सेलिब्रेटीले शापित फिल्मबाट एकैसाथ इन्डष्ट्रिमा डेब्यू गरेका थिए।

मंगलबार विवाह गरेपछि आदित्यले सामाजिक सञ्जाल इन्स्टाग्राममा पहिलो तस्वीर पोष्ट गरेका छन्। पत्नी श्वेतालाई चुम्बन गरेको फोटो पोष्ट गर्दै आदित्यले क्यापसमा “आइ विल फाइन्ड यू…एण्ड आइ विल म्यारी यू…” लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्