Logo

विवाहमा चित्त बुझ्दो खाना नभएपछि बेहुली नलिई फर्किए जन्ती



Spread the love

२१ मंसिर, एजेन्सी । चित्तबुझ्दो खाना नभएपछि बेहुली नलिकन जन्ती फर्किएका छन् । भारतमा खाना नराम्रो भएपछि सकिनै लागेको विवाह भंग भएको हो ।

भारतीय मिडियाका अनुसार खानाको विषयमा बेहुला र बेहुली पक्षमा विवाद भएको थियो । उक्त विवादले ठूलो रूप लिँदै विवाह भंगको अवस्था लियो । यो घटना भारतको युपीको अलिगढको हो । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुबै पक्ष तयार नभएपछि घटना प्रहरीसम्म पुग्यो । तथापी बेहुला पक्ष बेहुली नलिकन नै घर फर्कियो ।

बेहुली लान तयार नभएपछि बेहुला पक्षले जन्तीले खाएको खाना बापत रू १ लाख क्षतिपूर्ती तिरेको बताइएको छ । थाना जम्वा इलाकाको समस्तपुर भन्ने ठाउँमा यसरी विवाह भंग भएको हो ।

प्रतिक्रिया दिनुहोस्