Logo

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु



Spread the love

२१, मंसिर काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो ।

 अडिसनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् ।  १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने अडिसनमा आफूले गीत गाएको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ । 

द भ्वाइस अफ नेपालमा सहभागीका लागि अफिसियल एप डाउनलोड गरि फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइल मार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागिताको प्रमाण स्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्