Logo

वैज्ञानिकहरूले अन्तरीक्षमा पहिलो पटक मूला फलाए



Spread the love

एजेन्सी । वैज्ञानिकहरूले अन्तरीक्षमा मुला फलाउन सफल भएका छन् । नोभेम्बर ३० मा अन्तरीक्षयात्री केट रूबिन्सले अन्तरीक्षमा मूला फलाउन सफल भएकी हुन् ।

त्यहाँ एड्भान्सड प्लान्ट ह्याबिटाट प्रजातिको मूला फलाइएको हो । स्पेसएक्सको दोश्रो मिसन अन्तर्गत २०२१ मा पुनः अन्तरीक्ष जाने रूबिन्सले त्यहाँ २० वटा मूलाका बोटहरू समेत राखेर फर्किएकी छिन् ।

अन्तरीक्षमा गरिएको उक्त प्रयोगलाई प्लान्ट ह्याबिटाट–०२ (पीएच–०२)को नाम दिइएको छ । नासाले अन्तरीक्षमा पहिलोपटक मूला फलाएको हो । अन्तरीक्षमा फलाइने मूला २७ दिनमा फल्ने प्रजातिका थिए । ती मूला वैज्ञानिकहरूले छानेका थिए । वनस्पतिविज्ञहरूमा अनुसार ती मूलाहरू बन्दा जस्तै प्रकृतिका हुन् ।

अन्तरीक्षमा मूला फलाउने प्रयोगका लागि नासाको बायोलोजिकल एण्ड फिजिकल साइन्सेसले आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्