Logo

अन्तिम संस्कार गरेर घर फर्किँदा मृतकले नै फोन गरेपछि



Spread the love

२२ मंसिर, एजेन्सी । मृत्युपछि अन्तिम संस्कार सकेर फर्किएपछि मृतककै मोबाइलबाट फोन आयो । एक परिवारले आफ्नो छोरा मरेको सम्झेर अस्पतालबाट शव घर ल्याए । पछि शवको अन्तिम सस्कार पनि गरे । अन्तिम संस्कार गरेपछि परिवार दुखी भएर घर फर्किँदै गर्दा मृतकको फोन आएको हो ।

काम गर्दागर्दै बेहोस भएका प्रमोद अस्पतालमा उपचाररत रहेको र उनलको होस आएपछि परिवारलाई फोन गरेका थिए । तर, प्रमोदले भने आफ्नो पुनर्जन्म भएको बताएका छन् ।

मृत्यु भएका भनिएका प्रमोद जिवितै रहेपछि प्रहरी प्रशासन पनि तनावमा परेको छ । ती परिवारहरूले कस्को शवको संस्कार गरे भन्नेको अनुसन्धानमा प्रहरीले लागेको छ ।

प्रमोदका परिवारले एउटा शव आगो लगाएर नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्