Logo

एइवरसँग बराबरीमा रोकियो भ्यालेन्सिया



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एइवरसँग भ्यालेन्सिया गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।

बराबरीले एइवर १२ खेलबाट १४ अंक जोडेर ११औं स्थानमा रहँदा भ्यालेन्सिया १३ अंकसहित १३औं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्