Logo

क्रिसमसपछि कोरोनाको अर्को लहर फैलने



Spread the love

एजेन्सी। अमेरिकाका प्रमुख संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोनाको अर्को लहर फैलने चेतावनी दिएका छन् । उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने बताएका हुन् ।

जनवरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै फाउचीले चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । २ लाख ८२ हजार पाँच सयले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्