Logo

जाडो मौसममा गर्न नहुने १० काम



Spread the love
जाडो बढ्यो कसरी बच्ने ? (फोटोफिचर)

काठमाडौँ । जाडोको सुरुवातसँगै मानिसमा अनेकौं रोगहरुको उत्पन्न हुन्छ। यो मौसममा प्रायः मानिस अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा अत्यधिक सुत्ने गर्दछन्।

मौसमी परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ । अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन् । जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन् ।

अझ कतिपय अवस्थामा सामान्य ठानिएका विषयले समेत जाडो मौसममा मानिसलाई असर पुर्‍याइरहेको हुन्छ। यस्तोमा हामीले त्यस्ता बानी तथा लतहरुलाई त्याग्नु नै उत्तम हुन्छ। यस्ता छन् जाडोयाममा गर्नै तनहुने गल्तिहरुः

तातो वाफमा सिधै मुख वा शरीर राख्ने

  • कम पानी पिउनु हुँदैन
  • धेरै लुगा लगाउनु हुँदैन
  • पन्जा र मोजा लगाउनु अनुपयुक्त
  • चिसोको नाम धेरै कफी, चिया पिउनाले ह्वात्तै ग्यास्ट्रिक बढाउँछ ।
  • रक्सी पिउने (रक्सीले रक्तनली साँघुरो बनाउँछ र हृदयघात जस्ता समस्या देखिन सक्छ ।
  • तातो खानेकुरा खानु (चिसोको नाममा धेरै तातो खाँदा संवेदनशील जिब्रो र आन्द्रा सुन्निने र पोलिन सक्छ) ।
  • सुख्खा, ज्यादै नुनिलो, पिरो र अमिलो खाने (झोलयुक्त सन्तुलित खानाले मात्रै जाडोमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ) ।
  • फोहोर र कागज बालेर ताप्ने (फोहोर या कागजको धुँवामा हुने कार्वनडाइअक्साइडले फोक्सोमा क्षति पुर्‍याउँछ) ।
  • मर्निङ वाक गर्ने (अति चिसो र धूलोमा छिटो हिँड्दा वा दौडिँदा रक्तचाप बढ्न गई हृदयाघातको जोखिम हुन्छ)।
  • चिसो भयो भन्दैमा कोठाभित्र गुम्सिने (झ्याल ढोका लगाएर उकुसमुकुस हुने गरी सुत्दा निस्सासिने जोखिम हुन्छ) ।

प्रतिक्रिया दिनुहोस्