Logo

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै



Spread the love

२३ मंसिर, काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदैछ । दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरी नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

प्रतिक्रिया दिनुहोस्