Logo

विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या



Spread the love

२३ मंसिर, मोरङ । मोरङमा एक जना शिक्षकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाका अनुसार मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको गोली हानी हत्या भएको हो ।

थापाले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताएका छन् । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको र उक्त हत्यामा विप्लवको संलग्नता आशंका प्रहरीले गरेको छ । हत्या गरिएका श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । अपहरणको खबरसँगै परिचालित टोलीले शिक्षकको शव जंगलमा भेटेको थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्