Logo

कब्जियतबाट छुटकारा चाहनुहुन्छ ? दिनहुँ भिजाएर खानुहोस् ओखर



Spread the love

एजेन्सी। ओखरमा भिटामिन, मिनरल्स, पोटाशियम, फाइबर र क्याल्शियम जस्ता पदार्थहरु भारी मात्रामा पाइन्छ । अझ ओखर भिजाएको ओखर खाँदा झन् धेरै फाइदाजनक हुन्छ ।
हड्डी मजबुत
ओखरमा हुने क्याल्शियम र प्राटिनले हड्डी र दाँतलाई मजबुत बनाउँछ । यसमा अल्फा–लिनोलेनिक एसिड हुने भएकाले हड्डीलाई मजबुत बनाएर हाडजोनी दुख्ने समस्या कम गराउँछ ।
मधुमेह
भिजाएको ओखरले रगतमा हुने चिनीको मात्रा सन्तुलन गर्छ । हरेक दिन २ वा ३ वटा ओखर भिजाएर खाँदा मधुमेह टाइप–२ को खतराबाट बचाउँछ ।
मुटुको सुरक्षा
भिजाएको ओखरमा एसिड ओमेगा–३ को मात्रा भरपुर हुन्छ । यसलाई भिजाएर खाँदा मुटुको सुरक्षा गर्छ ।
क्यान्सरको खतरा कम
पाठेघरको क्यान्सर, स्तन क्यान्सर र कोलोरेक्टर जस्ता खतरनाक क्यान्सरको खतराबाट बच्नका लागि ओखर खानुपर्छ ।
गर्भावस्था
गर्भवतीहरुका लागि ओखर निकै फाइदाजनक हुन्छ । यसमा हुने ओमेगा–३ एसिडले बच्चाको दिमागको विकास गर्छ ।
रोगप्रतिरोधी क्षमता
ओखरले रोगप्रतिरोधात्मक क्षमतामा पनि विकास गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले रोग लड्न सक्ने क्षमता विकास गर्छ ।
कब्जियतबाट छुटकारा
कब्जियतको समस्याबाट पीडितका लागि ओखर बरदान सावित हुनसक्छ । साथै, यसले पेटसँग सम्बन्धित रोगहरुबाट समेत बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्