Logo

नेपाललाई कतारले दियो तीनवटा मर्सिडिज कार उपहार



Spread the love

२४ मंसिर, काठमाडौं । नेपाल सरकारलाई कतार सरकारले तीनवटा मर्सिडिज कार उपहार दिएको छ ।

परराष्ट्र मन्त्रालयमा गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् ।

उपहार ग्रहण गर्दै उनले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्