Logo

चिसो मौसममा खाली पेटमा खानुहोस् यस्ता खानेकुरा!



Spread the love

एजेन्सी। जाडो मौसममा जङ्गफुड खादा हाम्रो पेटमा विभिन्न प्रकारको समस्या देखिन थाल्छ । जाडोयाममा खाली पेटमा केही खानेकुरा खाँदा यसले शरीरलाई निकै फाइदा पुर्याउँछ ।
मनतातो पानी र महः
चिसो मौसममा आफ्नो दिनको सुरुवात मनतातो पानी र महसँगै गर्नुहोस् । मह मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइमले भरिपूर्ण हुन्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने गर्छ ।
भिजाएको बदामः
बदामलाई सधैं राती भिजाएर बिहान खानुपर्छ । बदामको बोक्रामा टेनिन हुन्छ जसले शरीरमा पोषक तत्वको अवशोषण रोक्छ । ।
नट्सः
नास्ता गर्नुअघि एक मुठ्ठी नट्स खाँदा पेटको स्वास्थ्य सही रहन्छ । यसले तपाईंको पाचन क्रियालाई सुधार्नुका साथै पेटको पिएच स्तरलाई सामान्य गर्न पनि मद्दत गर्छ ।
ओटमीलः
ओटमीलभन्दा राम्रो ब्रेकफास्ट अरु केही हुन सक्दैन । यसले शरीरबा विषाक्त पदार्थ बाहिर निकाल्छ र आन्द्रलाई स्वस्थ राख्छ ।
भिजाएको ओखरः
बदाम झैं ओखर पनि भिजाएर खाँदा यसले बढी फाइदा पुर्याउँछ । आफ्नो दिनको सुरुवात राती भिजाएको ओखर खाएर गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्