Logo

जान्नुहोस् च्याउ खानुका फाइदैफाइदा



Spread the love

च्याउ स्वादिष्ट हुनुका साथै शरीरका लागि निकै फाइदाजनक छ । च्याउ क्यालोरीमा पनि कम हुने भएकोले विभिन्न पोषक तत्वले भरपुर हुन्छ । यस्ता छन् च्याउ खानुका फाइदैफाइदा:
भिटामिन डीको राम्रो स्रोत
शरीरका लागि भिटामिन डी असाध्यै आवश्यक छ। भिटामिन डी निकै कम तरकारीमा पाइन्छ र च्याउ यीमध्ये एक हो । दैनिक च्याउ खाँदा शरीरमा एक दिनको भिटामिन डीको आवश्यक मात्रा पूरा हुन्छ ।
कार्बोहाइड्रेट कमः
च्याउमा निकै कम मात्रामा कार्बोहाइड्रेट पाइन्छ । यसले तौल र सुगर लेभललाई नियन्त्रणमा राख्छ ।
सेलेनियमले भरपुर
सेलेनियम शरीरमा एन्टिअक्सिडेन्सले झैं काम गर्छ । यसले शरीरलाई फ्रि रेडिकलसले हुने हानीबाट बचाउनुका साथै प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्