Logo

स्वास्थ्यमा समस्या देखिएपछि राप्रपा नेता राजेन्द्र लिङ्देन अस्पताल भर्ना



Spread the love

२६ मंसिर, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

उनलाई निमोनियाले ग्रस्त बनाएपछि झापाबाट एयर एम्बुलेन्समा काठमाडौं ल्याएर भर्ना गरिएको हो ।

उनलाई नेपाली सेनाको एयर एम्बुलेन्समार्फत हिजो साँझ काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्