Logo

फाइजरको खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस



Spread the love

एजेन्सी। अमेरिकाको खाद्य तथा औषधि नियन्त्रण विभाग ‘एफडीए’ले फाइजर बायोएनटेक खोप आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ ।

औषधिको प्रभावकारिकाका बारेमा थप अनुसन्धान जारी रहेपनि प्रयोगका लागि अनुमति चिकित्सकहरुले सिफारिस गरेका हुन् ।

एफडीएको खोप र जैविक उत्पादन सल्लाहकार समितिले खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको हो ।

यसको बैठक शुक्रबारलाई तय गरिएको छ ।

यसअघि नै खोपलाई प्रयोग गर्न बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्