Logo

विमान चालक दलका सदस्यले ‘डाइपर’ लगाउनुपर्ने



Spread the love

२६ मंसिर, एजेन्सी । चीनमा विमान चालक दलका सदस्यहरूले विमानमा डाइपर लगाउनु पर्ने भएको छ । चीनको वायुसेवाको नियामक संस्थाले हवाई उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिड-१९ को जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई ‘डाइपर’ लगाउन सुझाव दिएको हो ।

चीनको वायुसेवा नियामक निकायले वायुसेवाहरूलाई दिइएको नयाँ निर्देशिकामा पिसाबलाई सोस्ने ‘न्यापी’ लगाउने सुझाव दिइएको छ ।

नियामक संस्थाले त्यो सुझाव उच्च जोखिम क्षेत्रमा हुने चार्टर्ड उडानका लगि भएको बताएको छ।

कोरोना भाइरसको महामारी चलिरहेका बेला विश्वका प्रतिष्ठित वायुसेवा कम्पनीहरूले कोरोना संक्रमणको जोखिक कम गर्न विभिन्न नियमहरू बनाएका छन् । त्यस्तै,चीनको नागरिक उड्डयन व्यवस्थापन संस्थाले कोरोनाभाइरस सङ्क्रमण कम गर्न वायुसेवाहरूलाई ४९ पानाको निर्देशिका प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस्