Logo

आमा र छोरीको एकसाथ बिहे



Spread the love

२७ मंसिर, एजेन्सी । भारतमा एउटै मण्डपमा आमाछोरीको एकैसाथ विवाह सम्पन्न भएकोो छ । भारतको उत्तर प्रदेशमा आमाछोरीको एउटै मण्डपबाट बिहे भएको हो ।

भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री सामुहिक विवाह योजना अन्तर्गत आमाछोरीको एकै पटक विवाह भएको हो । मण्डपमा आमाछोरीले आ–आफ्नो जीवनसाथीलाई बरमाला पहिर्याए ।

गोरखपुरको पिपरौली ब्लकमा आयोजित विवाह समारोहमा ५३ वर्षीय बेलादेवीले आफ्नै देवर जगदीशसँग विवाह गरेकी हुन् भने उनकी छोरी इन्दुले राहुल नाम गरेका युवकसँग विवाह गरेकी हुन् ।

सो समारोहमा ६३ जोडीको विवाह एकसाथ सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्