Logo

फाइजरको खोपले अमेरिकामा पनि पायो अनुमति



Spread the love

एजेन्सी । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडिएले फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना विरुद्धको खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

योसँगै अमेरिकामा प्रयोगका लागि स्वीकृत पाउने पहिलो खोप फाइजर बनेको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन ‘एफडिए’का प्रमुख डा. स्टेफेन हानले विज्ञप्ति जारी गर्दै अमेरिकामा अनियन्त्रित बन्दै गएको संक्रमण रोक्न सो खोप प्रभावकारी हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्