Logo

सुपरओभरमा वाग्मतीलाई हरायो नारायणीले



Spread the love

काठमाडौं। सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनायो । ज्ञानेन्द्र मल्लले ३ वटा छक्का हान्दै वाग्मतीलाई जितको आशा देखाए पनि सम्भव हुन सकेन ।

यसअघि वाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान चितवनमा पहिले ब्याटिङ गरेको वाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्