Logo

शिक्षकलाई तलबको सट्टा तरकारी दिने सरकारको योजना



Spread the love

२७ मंसिर, काठमाडाैँ । उज्वेकिस्तानमा शिक्षकलाई तलबको सट्टा तरकारी दिने तयारी थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यहाँ शिक्षकलाई तलबको बदलामा तरकारी छान्न दबाब दिइएको बताइएको छ ।

तलबको बदलामा शिक्षकलाई आलु, गाजर र कन्दमुल जस्ता तरकारीलाई छान्न दिइएको हो । तर, शिक्षकहरूले भने सरकारको यो कदमलाई लाचारीपनको संज्ञा दिएका छन् । उज्वेकिस्तानको कैरेकलपाकस्तान रिपब्लिकमा शिक्षकहरूका लागि सरकारले नगद तलबको बदलामा तरकारी दिने योजना बनाइएको हो ।

उज्वेकिस्तानमा बजारमा मूल्य महँगो भयो भनेर गुनासो गरिरहँदा सरकारले यो विकल्प हुनसक्ने अनुमान गरेको हो । त्यहाँका बैंकहरूमा पनि पैसाको अभाव भइरहेको बताइएको छ ।

सरकारसँग पैसाको अभाव हुँदा त्यहाँका कर्मचारी सबैभन्दा ठूलो मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्