Logo

तौल घटाउन चाहनुहुन्छ ? यो समयमा एक्सरसाइज गर्नुहोस्



Spread the love

केही मानिस बिहान छिट्टै उठ्न सक्दैनन् । कोही मानिस उठे पनि सक्रिय महशुस गर्दैनन्, बिहान बिहानै एक्सरसाइज गर्नका लागि । केही मानिसहरु बिहानै एक्सरसाइज गरेपछि मात्रै दिनको शुरुवात गर्दछन् ।

धेरै मानिसहरुलाई थाहा हुँदैन कि एक्सरसाइज गर्ने समयमा पनि तौलमा असर पर्छ ।बिहानको समयमा एक्सरसाइज गर्नाले कैयौं फाइदा हुन्छन् ।

बिहानको एक्सरसाइजले शरीरमा एन्डोर्फिन हार्मोन बन्दछ । जो तनाव कम गर्दै दिमागलाई शान्त राख्दछ ।

बिहान एक्सरसाइज गर्नाले मेटाबालिज्म पनि ठिक रहन्छ । अध्ययन अनुसार साँझ एक्सरसाइज गर्नेको तुलनामा बिहान एक्सरसाइज गर्नेलाई निद्रा राम्रो लाग्ने पाइएको छ ।

दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शरीरको तापमान सबैभन्दा धेरै रहन्छ । शरीरको बढ्दो तापमान मांशपेसीलाई बढी ताक पनि दिन्छ ।

यद्यपि, तौल घटाउनका लागि नियमित रुपमा एक्सरसाइज गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्