Logo

मुर्रा प्रजातिको भैंसी किन्ने किसानलाई सत्यवती गाउँपालिकाले ५० हजार अनुदान दिने



Spread the love

२ पुस, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले किसानका निम्ति राहतका कार्यक्रम अघि सारेको छ । किसानका लागि अनुदान तथा सहुलियतपूर्ण कर्जा दिँदै आएको सत्यवती गाउँपालिकाले यो वर्ष पनि धेरै धनराशी अनुदान दिने निर्णय गरेको छ ।

मुर्रा प्रजातिको भैंसी खरिद गर्ने किसानलाई समुह, समिति तथा सहकारीको माध्यमबाट रू ५० हजार अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र रेग्मीले सल्लेरी खबरलाई बताए ।

गाउँपालिकाको चोरकोटे चेहमी क्षेत्रलाई दुग्ध करिडोर क्षेत्र निर्धारण गरि यो वर्ष ७० वटा मुर्रा भैंसी खरिद गर्न थालेको पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले गाउँपालिका कृषिमा आत्मनिर्भर भएको दाबी गर्दै आगामी दिनमा कृषि उपज बाहिर निर्यात गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी भइरहेको बताए ।

सत्यवती गाउँपालिकाले किसानका लागि विभिन्न प्रकारका सहुलियत तथा आवश्यक ज्ञानसिप प्रदान गर्दै आएको छ । भकारो सुधार, खोर सुधार र दुध डेरी सञ्चालन गरिरहेका समुह तथा सहकारीलाई आवश्यक सामग्री समेत गाउँपालिकाले प्रदान गर्दै आएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्