Logo

हनिमुनका लागि कश्मिर पुगे श्वेता र आदित्य



Spread the love

३ पुस, एजेन्सी । भर्खरै विवाह बन्धनमा बाँधिएका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण र अभिनेत्री श्वेता अग्रवाल हनिकुनका लागि काश्मिर पुगेका छन् ।

डिसेम्बर १ तारिखमा विवाह गरेका उनीहरू प्राकृतिक सुन्दरतासँगै रमाउन त्यहाँ पुगेको भन्दै तस्बीर सार्वजनिक गरेका छन् ।

उनीहरूले सार्वजनिक गरेको तस्बीरमा श्वेता पिंक कलरको स्वेटरमा देखिएकी छिन् भने आदित्यले ज्याकेट लगाएका छन् ।

आदित्यले इन्स्टाग्राममा फोटो राख्दै लेखेका छन्,‘हनीमुन शुरु, पृथ्बीमा स्वर्गको दर्शन, कश्मीरमा पहिलो पटक’ भनेर क्याप्सन लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्