Logo

पोर्नहबले किन हटायो लाखाैँ भिडियो ?



Spread the love

३ पुस, एजेन्सी । विश्व चर्चित पोर्न साइट पोर्न हबले लाखाैँ भिडियोहरू साइटबाट हटाएको छ । पोर्नहबले साइटमा भेरिफाइ नभएका अकाउन्टबाट अपलोड भएका भिडियोहरू हटाएको हो ।

पछिल्लो आँकडाअनुसार यो एडल्ट साइटमा भिडिओको संख्या १ करोड ३० लाखबाट घटेर ४० लाखमा आइपुगेको दी गार्जियनको रिपोर्टमा उल्लेख गरिएको छ ।

सेक्स ट्राफिकिङ तथा नाबालकहरूको समेत पोर्न भिडियोहरू राखेको भन्दै पोर्नहबको आलोचना भइरहेको थियो । पोर्नहबको वेबसाइटमा ठूलो संख्यामा आपत्तिजनक र गैरकानुनी भिडिओ भएको भन्दै ती भिडियोहरू हटाउनुपर्ने समेत कुरा उठेको थियो ।

अब पोर्नहबमा कुनै पनि प्रयोगकर्ताले भिडियो अपलोड गर्न अकाउन्ट अनिवार्य भेरिफाइ भएको हुनुपर्ने प्रावधान पनि ल्याइएको छ ।

त्यपछि दुई ठूला क्रेडिट कार्ड कम्पनीहरू( भिजा र मास्टर्सकार्ड र भिजाले पोर्नहबमा भुक्तानीको कार्य नगर्ने घोषणा गरेका थिए।

कम्पनीले पनि साइटमा भएका सबै सामग्रीका लागि भेरिफिकेसनको शर्त लागु भइसकेको दावी समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्