Logo

गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु, दुई गम्भीर सहित चार जना घाइते



Spread the love

४ पुस, गुल्मी । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई गम्भीर सहित चार जना घाइते भएका छन । शुक्रबार जिल्लाको गैडाकोटबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङ्गा नगरपालिका -१३ भगेरिमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि अटो चालक रेसुङ्गा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ ।

त्यस्तै, दुर्घटनामा परि रेसुङ्गा नगरपालिका २ का वर्ष २७ का सुनिल विक र वर्ष १८ का सुरज विक गम्भीर घाइते भएका छन् । उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय रोशन परियार र रेसुङ्गा नगरपालिका १२ का १० वर्षीय रमेश खत्रीको अवस्था मध्यम रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गए राती ८:४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्