Logo

प्रेमीले समय बर्बाद गरिदिएको भन्दै युवतीले दर्ता गरिन् मुद्दा



Spread the love

८ पुस, एजेन्सी । प्रेमीले समय वर्वाद गरेको भन्दै युवतीले प्रेमीविरूद्ध मुद्दा दर्ता गरेकी छिन् । आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि एक युवतीले आफ्ना प्रेमीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

२६ वर्षीया युवतिले प्रेम सम्बन्धमा रहँदा प्रेमी कहिल्यै पनि सिरियस नभएको भन्दै मुद्दा दर्ता गर्न बाध्य भएको उल्लेख गरेको tuko.co.ke को रिपोर्टमा उल्लेख गरिएको छ । युवतीले प्रेमीले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् ।

मुद्दा दर्ता गरेकी युवतीले आफ्नो भविष्य के हुने भनेर पनि सोही मुद्दामा सोधेको बताइएको छ । यो घटना अफ्रिकी देश जाम्बियाको हो ।

२८ वर्षीय प्रेमी हर्बर्ट सलालिकीविरूद्ध मुद्दा परेको हो । उनीहरूको एक जना सन्तान पनि जन्मिएको छ ।

मुद्दा दर्ता गरेकी युवतीले प्रेमीको आचरणमा नै शंका लागिरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्