Logo

पत्नीले पार्टी त्यागिन्, बदलामा सांसदले पत्नी त्यागे



Spread the love

८ पुस, एजेन्सी । अर्को पार्टीमा प्रवेश गरेको भन्दै एक जना नेताले आफ्नै पत्नी त्याग्ने निर्णय गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का नेता नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल अर्काे पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

उनकी पत्नी सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको छ । सोही रिसमा उनले उक्त दिनदेखि नै पत्नी त्याग गर्ने बताएका हुन् ।

उनले हजाराैँ जनताको भोट विश्वासको रक्षा गर्दै भाजपा कै लागि लडिरहने बताएका छन् । सौमित्र खानले अबदेखि आमाबुबाबाहेक आफ्ना कोही नभएको बताए ।

‘आज तिमीविरुद्ध म सम्बन्ध विच्छेदको निवेदन दिन्छु। आजदेखि तिमीलाई छाड्दै छु।’ नेता खानले पत्नीप्रति लक्षित गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्