Logo

नेपाल संसद् विघटन: यी हुन् रिटको छिनोफानो गर्ने पाँच न्यायाधीश



Spread the love
1140x725

१० पुस, काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासमा रहने न्यायाधीश तोकिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासमा राणाले पेसी तोकेका हुन्।  संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई तोकिएको छ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् ।इजलास तोकिएसँगै आजै प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ सुरू हुँदैछ ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट पेश भएका छन्। नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले हालेको रिटसहितलाई प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्