Logo

कोरोना चाँडै निको हुने सोचेर दिनमै ५ लिटर पानी पिएपछि…



Spread the love

१८ पुस, एजेन्सी । कोरोना संक्रमण भएपछि धेरै पानी पिउँदा एक व्यक्तिको झण्डै मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि छिट्टै निको हुन्छ भन्ठानेर ३४ वर्षीय ल्युक विलियमसनले दिनमा ५ लिटर पानी पिउँदा बेहोस भएको दैनिक भास्करमा उल्लेख छ ।

उनलार्इ डाक्टरले दैनिक २ लिटर पानी पिउन सल्लाह दिएका थिए । तर, पानी धेरै पिउँदा कोरोना चाँडै निको हुने सोचेर पाँच लिटर पानी पिउन थालेपछि उनको अवस्था सिकिस्त भयो ।

पानी धेरै पिएपछि नुनको मात्रा कम भयो र उनलाई उल्टी हुने र थकाइ लाग्ने समस्या देखिन थाल्यो । थप सिकिस्त थएपछि उनी बेहोस भएर ढले ।

तुरून्त अस्पताल पुर्याउँदा उनको ज्यान बच्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्