Logo

प्रेमीले गरे प्रपोज, खुसी हुँदै स्वीकारेकी प्रेमिका पहाडबाट ६५० फिट तल खसिन्



Spread the love

१९ पुस, एजेन्सी । एक प्रेम जोडीमा प्रेम प्रस्ताव झण्डै दुखद् कहानीमा अन्त्य भएको छ । प्रेमीले प्रपोज गरेपछि खुसि भएकी प्रेमिका पहाडबाट खसेकी थिइन् ।

यो घटना अस्ष्ट्रियाको क्यारिन्थियास्थित सुन्दर पहाड फल्कार्टमा घटेको हो । त्यहाँ २७ वर्षीय युवकले ३२ वर्षीया गर्लफ्रेण्डलाई प्रेम प्रस्ताव गरेका थिए । खुसी हुँदै उनकी प्रेमिकाले प्रस्ताव के स्वीकारेकी थिइन् । उनी खुट्टा चिप्लिएर ६५० फिट तल खसिन् ।

ती महिलालाई बचाउने प्रयासमा युवक पनि पहाटबाट हाम फाले । तर, ती युवक भने ५० फिट माथि नै अड्किए ।

६५० फिटबाट खसेता पनि उनीहरूको प्रेमको दुखद् अन्त्य भने भएन । किनकी ती युवती हिउँको थुप्रोमा झरेकी थिइन् । सोही कारण उनलाई केही चोट लागेन ।

पछि उनीहरू २ जनालाई नै हेलिकप्टरमार्फत उद्धार गरिएको डेली मेलले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्