Logo

पैसा लिन लाश कसरी पुग्यो बैंक ?



Spread the love

२६ पुस, एजेन्सी । भारतमा एउटा मृत मानिसको शव बैंकमा पैसा लिन पुग्यो भन्ने घटना भाइरल भइरहेको छ । भारतका अधिकांश मिडिया तथा नेपाली मिडियाहरूमा पनि यो समाचार प्रकाशित भइरहेको छ ।

आखिर कसरी पुग्यो त लाश आफ्नो बैंकमा भएको पैसा लिन ?

भारतको पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा लाश लगियो । गत मंगलबार मृत्यु भएका महेश यादवको मृत्यु भएपछि उनको अन्तिम संस्कारका लागि उनको खातामा भएको पैसा माग्न गएका थिए ।

तर, बैंकका म्यानेजरले यादवको नाममा भएको पैसा दिन नमानेपछि यादवको शव सहित बैंक पुगेका थिए । बैंकभित्र नै ३ घण्टासम्म यादवको शव रह्यो ।

ठूलो विवाद र अडानपछि बैंकका म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई पठाए । त्यो पैसाले यादवको अन्तिम संस्कार गरिदिए ।

बैंकमा सबै प्रकृया पुरा नभएको भन्दै बैंकले यादवको नाममा रहेको पैसा दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्