Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

नौ महिनापछि कृषि उपज केन्द्र सञ्चालनमा, किसानसँगै उपभोक्ता हर्षित



२७ पुस, गुल्मी । कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विगत नौ महिनादेखि बन्द रहेको गुल्मीको रेसुंगा नगरपालिका ९ स्थित कृषि उपज तथा संकलन केन्द्र सञ्चालनमा आएपछि गुल्मीका उपभोक्तासँगै किसानहरु हर्षित भएका छन् ।

लामो समयसम्म कृषि उपज तथा संकलन केन्द्र बन्द हुदाँ बिचौलीयाको मारमा परेका गुल्मीका किसान तथा उपभोक्ताहरु कृषि उपज एवं संकलन केन्द्र सञ्चालन आएपछि हर्षित भएका हुन् । कोरोना भाइरसको प्रभाव कम हुदैं जान थालेपछि नगरपालिकाले उपभोक्ता तथा किसानको हकहितको लागि कृषि उपज तथा संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा पशुपंक्षीजन्य उपज रेसुंगा नगरपालिकाले किसानको बारीमै गएर खरिद गर्ने र उपभोक्तालाई आँफैले सस्तोमा बेच्दै आएको छ । स्थानीय उपभोक्ता मनमाया महतले भनिन्, ‘‘लामो समयसम्म कृषि उपज केन्द्र बन्द हुदाँ बजारमा दोब्बर मुल्य तिर्न बाध्य थियौं । अहिले सस्तोमा गुणस्तरीय तथा ताजा तरकारी पाउदाँ हामीलाई खुसि लागेको छ ।”

जनताको स्वास्थ्यलाई ख्याल गर्दै कृषि उपज तथा संकलन केन्द्र बन्द गरिएको र किसान तथा उपभोक्ता बिचौलियको मारमा पर्न थालेपछि उच्च सतर्कता अपनाउँदै पुनः सञ्चालमा ल्याएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।

कृषि उपज तथा संकलन केन्द्रमा स्थानीय किसानले उत्पादन गरेका दैनिक उपभोग्य तरकारी प्याज, आलु, टमाटर, लसुन, बन्दासँगै लोकल कुखुरा बिक्री वितरण गरिँदै आएको छ । निमार्ण सुरु गरिएको सात वर्षपछि सम्पन्न भएको कृषि संकलन केन्द्रमा जिल्लामा रहेका तत्कालीन सरकारी संस्था , रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको एक करोड ३३ लाख लगानी रहेको छ ।

कृषी उपज तथा संकलन केन्द्रले यहाँका किसान तथा उपभोक्तालाई खुसि दिएको छ भने यसलाई निरन्तरता दिनुपर्ने उनिहरुको माग समेत छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्