Logo

अश्मिताले ल्याइन् नयाँ गीत कन्फ्युज छु



Spread the love

काठमाडौं । नेपाल आइडल सिजन २ बाट एकाएक चर्चा परिचर्चा कमाएकी चर्चित गायिका अश्मिता अधिकारीको स्वरमा रहेको ‘ कन्फयुज छु’ बोलको गीत रुपान्तर म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

डा.चन्द्र गिरीको शब्द रहेको गीतमा शंकर थापाले संगीत भरेका छन् । रेश्मा घिमिरे, डिमोन छेत्री, आर्यन खरेल र दर्शन काजीले अभिनय गरेको भिडियोलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

उक्त गीतमा एक युवती र तिन जना युवकपछि परेका छन् । आफ्नो बनाउनको लागि विभन्न तरिका अपनाउन खोजिएको छ । तर युवतीलाई तिन जनाले नै कन्फयुज गरेको देखिएको छ ।

नवराज उप्रेतीद्वारा छयांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् भने उक्त भिडियोलाई गम्भीर विष्टले नै कोरीयोग्राफ र साथै निर्देशक गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/I2INY63S09M

प्रतिक्रिया दिनुहोस्