Logo

गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका



Spread the love

३ माघ, गुल्मी । गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रेसुङा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज बिहान करिब ११ बजे तिर घर बाट घाँस काट्न हिँडेका विक अबेर सम्म घर नफर्केपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय अवस्थामा मृत फेला परेका हुन ।

मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ ।मृतक भेटिएको खबर सुन्न साथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटना रहस्यमय देखिए पछि पुनः प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ । कसैले जानी जानी गोली नहाने पनि वन्यजन्तु तथा कालिजलाई गोली हान्न खोज्दा विकलाई लागेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ । घटना बारे पुरा विवरण आउन बाकी रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्