Logo

नेहाले आफ्नो श्रीमान् रोहनप्रितलाई धम्की दिइन्



Spread the love

एजेन्सी । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल गायिका नेहा कक्कडले सोसल मिडियामा एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् ।

यसमा उनी श्रीमान् रोहनप्रित सिंहलाई धम्की दिइरहेको देखिएकी छिन् जसमा उनले श्रीमानलाई एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही नहुने बताएकी छिन् । यद्यपि, यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कड श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेको देखिएकी छिन् ।

उक्त भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि रोहनप्रित सिंह ‘एक्स–कलिङ’ गीतमा अभिनय गरिरहेका देखिएका छन् । त्यसपछि नेहा कक्कडले उनलाई धम्की दिँदै श्रीमानकी एक्सले अर्को व्यक्तिका लागि रोहनप्रितलाई धोका दिएको भन्दै एक्सलाई फोन नगर्न भनेकी छिन् । नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘एक्स कलिङ ? ठिक छ । गर तिमी फोन, त्यसपछि भन्नेछु… हाहाहा, रोहनप्रित सिंह, मलाई यो गीतसँग प्रेम छ ।’

प्रतिक्रिया दिनुहोस्