Logo

पाँच दिनमा कति कमायो विजयको ‘मास्टर’ले ?



Spread the love

एजेन्सी । कोरोना महामारीको समयमा पनि साउथ इण्डियन चलचित्रका नायक थलापति विजय र विजय सेतुपति अभिनित चलचित्र ‘मास्टर’ले ५ दिन सम्म आइपुग्दा एक सय करोड भन्दा धेरैको व्यापार गरेको छ।

‘मास्टर’ कोरोना महामारीपछि करोड क्लबमा जाने पहिलो चलचित्र समेत बनेको छ । संसारभरका ३८ सय पर्दामा प्रदर्शन भएको यो चलचित्रको पहिलो दिनको शो बुकिङले धेरैलाई आश्चर्यचकित पारेको थियो ।

लोकेश कनागराजको निर्देशनमा बनेको चलचित्र ‘मास्टर’ तमिल, तेलुगु र कन्नड गरि ३ भाषामा रिलिज भएको थियो भने हिन्दी भर्सन बिहिबारबाट रिलिज भएको छ ।

फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीरको मुख्य भूमिका रहेको छ ।

तमिलनाडूमा ८१ करोड, आन्ध्र प्रदेशबाट २०, कर्नाटक, केरालगायत भारतका अन्य राज्यबाट गरेर १ सय करोड माथिको आम्दानी गरिसकेको छ ।

यो चलचित्र भारतका अरु केहि प्रदेशसँगै विदेशबाट हिसाब आइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्