Logo

निर्देशक साजिदमाथि यौन उत्पीडनको आरोप



Spread the love

बलिउड । बलिउड निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लागेको छ ।

दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मासँगै अकी अभिनेत्री शर्लिन चोपडाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएका हुन् ।

शर्लिनले सामाजिक सञ्जालमार्फत् ६ वर्ष पहिला निर्देशक खानले आफूमाथि यौन हिंसा गरेको बताइन् । साजिदसँग भएको भेटको क्रममा उनले शर्लिनमाथि अश्लील हर्कत गरेका थिए । 

उनले पोष्ट लेख्दै उल्लेख गरेकी छिन्, “बुवाको निधनपछि म अप्रिल २०१५ मा साजिलसँग भेटे । त्यही बेला उनले मसँग अश्लील हर्कत गरेका थिए । त्यो बेला उनले ममाथि के गर्न लागेको भन्ने जानकारी पाइसकेकी थिएँ ।”

फिल्मको प्रलोभन देखाएर उनी आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको उनको भनाइ छ । शर्लिनभन्दा पहिला अभिनेत्री करिश्माले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्