Logo

यज्ञजंगको ‘द रेड जोन’ निर्माण हुने



Spread the love

काठमाडौं । यज्ञजंग विश्वकर्माको पटकथा तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘द रेड जोन’ निर्माण हुने भएको छ ।

चलचित्रका प्रस्तुतकर्ता रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागि प्रेरणादायी सन्देश लिएर आउने बताए । 

चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली, हेमराज धर्ति , सिर्जना कार्की, नेत्र विष्ट लगायत कलाकारको अभिनय रहने छ  । 

चलिचत्रबाट उठेको पैसाबाट राष्ट्रिय आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ । चलचित्रमा सुजन गौत्तमको कथा रहने भएको छ । 

माघ २१ गतेबाट  चलचित्र फ्लोरमा जाने निमार्ण पक्षले बताएको छ  । 

प्रतिक्रिया दिनुहोस्