Logo

ऋतिकले छोडेको फिल्म ‘ठग’मा आमिरले काम गर्ने



Spread the love

am1

ऋतिक रोशनले मनाही गरेको फिल्म ‘ठग’मा  अब आमिर खान देखिने भएका छन्। खवर अनुसार आमिरले फिल्मका लागि सहमती जनाएका छन्। यसअघि विजय कृष्ण आचार्य (विक्टर) ले ऋतिक रोशन लाई लिएर फिल्म बनाउन चाहन्थे तर ऋतिकलाई फिल्मको स्क्रिप्ट मन नपरेका कारण फिल्म नगर्ने जनाएका थिए। उनी फिल्मको स्क्रिप्ट बदल्न चाहन्थे। विक्टरले स्क्रिप्टमा बदलाव त ल्याए तर यसका साथै फिल्मका लागि हिरो पनि बदलेका छन्। उनले फिल्मका लागि आमिरलाई अफर गरेका छन्।बताइए अनुसार आमिरले स्किृप्ट पढ्ने बित्तिकै फिल्मका लागि स्वीकार गरेका छन्।विक्टरले यस भन्दा अघि आमिरको साथमा ‘धूम ३’ बनाइसकेका छन्। फिल्म ‘ठग’ सत्य घटनामा आधारित उपन्यासमा आधारित रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्