Logo

सलमान र जोनको भिडन्त, कसले मर्ला बाजी



Spread the love

एजेन्सी। बलिउडका द्वय चर्चित अभिनेता सलमान खान र जोन अब्राहमले आफ्नो चलचित्र ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् ।

जोनले सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्र ‘सत्यमेव जयते २’ लाई ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् भने सलमानको ‘राधेः योर मस्ट वान्टेड भाई’ केही दिन अघि मात्र आफ्नो फिल्म ईदमै रिलिज हुने घोषणा गरेका थिए । सलमान र जोनकोबीच तिब्र प्रतिष्पर्धा हुने पक्कापक्की भएको छ । तर कसले मर्ला बाजी भरेर चलचित्र रिजिल नहुन्जेल केहि भन्न सकिन् ।

सलमानसँग फिल्म वितरक र प्रदर्शकले उनको फिल्मलाई थिएटरमै रिलिज गर्न आग्रह गरेका थिए । कोरोनाका कारण बिग्रिएको आफूहरुको आर्थिक अवस्थालाई सुधार्न सलमानको फिल्मले मौका दिने उनीहरुको बुझाई थियो ।

एकैदिन सलमान र जोनको फिल्म रिलिज हुनेभएपछि थिएटर सञ्चालकहरु खुशी छन् । दुवै फिल्म आम दर्शकका लागि भनेर बनाइएकाले फिल्मले बम्पर ओपनिङ गर्नेमा थिएटर सञ्चालक ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्