Logo

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलन घोषणा



Spread the love

१३ माघ, काठमाडौँ प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह  केसीले जानकारी दिए ।

 माघ ३० गते ७७ वटै जिल्लाका पार्टी कार्यालयले व्यवस्थापन गर्ने गरि सबै जिल्लामा आन्दोलनको घोषणा गरेको छ। यसैगरि आजको बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनहरूको म्याद ६ महिना थप्ने पनि निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्