Logo

भारतीय क्रिकेट टीमका कप्तान विराट, तमन्नाह र अजूलाई अदालतको नोटिस पठायो



Spread the love

एजेन्सी। केरला उच्च न्यायालयले भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली, अभिनेत्री तमन्नाह भाटिया र अजू वर्गीसलाई नोटिस जारी गरेको छ।

रमी खेलका ब्रान्ड एम्बास्डर उनीहरूलाई खेलबाट धेरैको पैसा डुवाएको र आत्महत्या गरेको कारण उक्त खेल बन्द गर्नको लागि नोटिस पठाएको हो । 

रमी खेल अनलाइन खेल हो। भारतमा रमी खेल खेलेर धेरैको पैसा डुब्‍ने गरेको छ । ती मानिसहरूले आत्महत्या गरेको समाचार बाहिरिएको छ।

तमिलनाडु राज्यमको कयम्बटुरमा नोभेम्वर २०२० मा रमी खेलमा नोक्सान भएपछि तीन जनाले आत्महत्या गरेको भारतीय सञ्‍चारले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्