Logo

नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक



Spread the love

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशित नेपाली कथानक चलचित्र ‘आमा’ बूढा सुब्भा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त र मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ। अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले दर्शकलाई भावुक बनाउछ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको उक्त चलचित्र लेखन तथा छायाँकार समेत उनले नै गरेका हुन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/jC8qrOZnEew

प्रतिक्रिया दिनुहोस्