Logo

रामायणमा ऋतिक(राम) दीपिका (सिता)को भुमिकामा



Spread the love

एजेन्सी । बलीउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण रामायणमा देखिने भएका छन् । 

चर्चित महाकाव्यलाई निर्माता मधु मन्तेनाले चलचित्रमा उर्तान लागेका छन् । तीन सय करोड लगानीमा बन्ने लागेको सो चलचित्र छायांकनका लागि तयार भइसकेको छ ।

भारतिय संचारमाध्यमका अनुसार चर्चित महाकाव्य रामायणमा ऋतिक र  दीपिका राम र सीताको रुपमा  देखिने भएका हुन् । 

चलचित्रलाई ‘दंगल’ रिलिज गरेका निर्देशक नितेश तिवारीले निर्देशन गर्दै छन् । रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरु ‘फाइनलाइज’ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्