Logo

‘केजीएफ च्याप्टर २’को रिलिज दिन सार्वजनिक विदा मागे फ्यानले



Spread the love

एजेन्सी । पछिल्लो समय निकै प्रतिक्षित रहेको चलचित्र ‘केजिएफ-२’ प्रदर्शनअघि नै चर्चामा रहेको छ ।

साउथ सुपरस्टार यश र अभिनेता सञ्जय दत्तको ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ ।  उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर चलचित्र रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ । 

 प्रशान्त निलद्वारा निर्देशित यो चलचित्र आगामी जुलाई १६ मा सार्वजनिक हुने गत शुक्रबार घोषणा भएपछि दर्शकहरु उत्साहित बनेका छन्। 

चलचित्रमा यश र सञ्जयसंगै अलवा श्रीनिधि शेट्टी, रविना टन्डनको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले केही दिन अगाडि फिल्म रिलिज मिति घोषणा गरेको थियो । 

‘केजिएफ २’ सार्वजनिक हुने मिति जानकारी गराइएसँगै अभिनेता यशका प्रशंसकहरुका लागि प्रतीक्षाको लामो समय सकिएको हो। यो फिल्म हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्